Friday, March 2, 2018

One poem by Ram Gopal Ashutosh


UNPLEASANT TUNE

I've my own heat
Sufficient to burn myself;
You keep your fire with you,
Please

Save your virtues
For yourself;
I'll die, counting my sins
In the death premise
Of my destiny, please

Look at the heat I have ! It's enough
To melt down
A volcano;
Stick to yourself
Your lava, please.   

I'll keep on bearing the pressure
Of the floods of
Celebration
Of my own grave;
You please
Live with your love and laughter.  

Look ! I've my own nature,
Colors,
I've my own measurement;
You please
Turn your appearance to yourself.   

(Translation: Haris Adhikari)


अप्रिय धुन

मसित
आफैँलाई जलाउन पुग्ने
मेरै राप छ
कृपया तिमी
आफ्नो आगो आफैँसित राख

म आफ्नै
नियतिको मृत्युपरिसरमा
पाप गन्दै मर्छु
कृपया तिमी
आफ्नो पुण्य आफैँसित साँच ।

हेर त
मभित्र ज्वालामुखी पगाल्न
पुग्ने ताप छ
कृपया तिमी
आफ्नो लावा आफैँसित टाँस ।

म आफ्नै
चिहानको बाढी उत्सवमा
चाप सही बस्छु
कृपया तिमी
आफ्नो प्रीति, हाँसोसित बाँच ।

हेर त
मेरो आफ्नै प्रकृति छ, रङहरु
आफ्नै नाप छ
कृपया तिमी
आफ्नो रुप आफैँसित गाँस ।